प्राइम खबर संबाददाता | बैशाख १९, २०८० मंगलबार

हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई आज सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् ।

महोत्तरी १ बाट निर्वाचित सांसद कोइरीलाई सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम निलम्बन गरेको बताइएको छ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएपछि सदनमा कांग्रेस, माओवादी, रास्वपालगायतका दलका सांसदले आलोचना गरेका थिए ।