प्राइम खबर संबाददाता | बैशाख २०, २०८० बुधबार

 पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर करोडौं रकम लिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरीले यसअघि बादलको तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राई, तत्कालीन गृह सचिव, हाल उपराष्ट्रपति कार्यालयका सचिव रहेका टेकनाराण पाण्डेलाई पक्राउ गरिसकेको छ । अहिले प्रहरीले नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।