प्राइम खबर संबाददाता | जेठ ९, २०८० मंगलबार

मधेश प्रदेश सरकारका नवनियुक्त भौतिक पुर्वाधार बिकास मन्त्री कृष्ण प्रसाद यादबलाइ रौतहटको चन्द्रनिगाहपुरमा भव्य स्वागत गरिएको छ ।
मन्त्री भएपछि गृह जिल्ला रौतहट आएका मन्त्री यादवलाई चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफलेको अगुवाइमा मन्त्री यादबलाइ  नगरपालिका कार्यालय परिसरमा स्वागत गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उप प्रमुख जयमाला चौधरी, गुजरा उपप्रमुख रत्ना लामा, नेपाली कांग्रेसका नेता अनन्त कोइराला, पुर्व प्रदेश सभा सदयस्य संसद धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी, उपसचिव कृष्ण प्रसाद सिग्देल लगायत कर्मचारीहरु, वडा अध्यक्षहरु लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।
स्वागत कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै मन्त्री यादबले समग्र मधेश प्रदेशको भौतिक पुर्वाधारका बिकाशहरुको काममा सक्रिय भइ लाग्ने बताएका छन ।
यसैगरी चन्द्रनिगाहपुरको अशोका होटलमा भएको कार्यक्रममा  मन्त्री यादबलाइ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
नवनियुक्त मन्त्री यादबले आज पद तथा गोपनीयताको शपथ लिएका थिए । यादब नेपाली कांग्रेसका प्रदेश सभापति सँगै संसदीय दलका नेता समेत हुन । उनी रौतहट क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए।