प्राइम खबर संबाददाता | जेठ १०, २०८० बुधबार

रौतहटको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिका भवन निर्माणका लागि निजी जग्गा दान गरेका छन् ।
यादवले आफ्ना करोडौं मूल्य बराबरको ५ कठा जग्गा निशुल्क दान गरेका छन् हुन ।
माधवनारायण नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि नगर प्रमुख यादवले आफ्ना करिब १ करोडको जग्गा निःशुल्क दान गरेपछि नगरवासी उनको प्रशंसा गर्दै हर्षित भएका छन। 
सो नगरपालिकाको केन्द्र माधोपुरमा अब नगरपालिकाको आफ्नै भवन पनि चाँडै निर्माण हुने नगर प्रमुख यादवले बताए ।