प्राइम खबर संबाददाता | जेठ १४, २०८० आइतबार

रौतहट जिल्लाको जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको १० औं क्याम्पस सभाबाट सञ्चालक समितिको अध्यक्षमा संजय कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार तीन राजनीतिक दलहरु कांग्रेस,एमाले र समाजवादी बीच डाबरीमा भएको भद्र सहमति अनुसार राजनीतिक समीकरण  कायम भएको नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए । क्याम्पसको सञ्चालक समितिको सदस्यहरुमा बालकृष्ण श्रेष्ठ ,नारायण बहादुर न्यौपाने ,श्यामलाल ठोकर ,तारादेवी सापकोटा ,चिरन्जिवी गौतम ,राजेन्द्र तिवारी श्रृजना सुनुवार र फुलचन राई निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक मिश्रीलाल साहले जानकारी दिएकाछन् ।



शनिबार तोकिएको निर्वाचन कार्यतालिका अनुसार अन्य उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन्।