प्राइम खबर संबाददाता | जेठ १९, २०८० शुक्रबार

नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। 
२०५८ जेठ १९ गते बेलुकी राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। 
घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिको हत्या भयो।
 राजाका भाइ धीरेन्द्र, अधिराजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति,  अधिराजकुमारी शारदा र कुमार खड्गविक्रमशाह पनि मारिए।
 प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले  दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। 
तर, युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।