प्राइम खबर संबाददाता | असार १२, २०८० मंगलबार

 मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री  कृष्ण प्रसाद यादवले विचौलियाबाट सचेत रहन सबै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएका   छन । कार्यवाहक मुख्यमन्त्री यादवले प्रेस विज्ञप्ति जारी गरि नागरिकता विहिन भई लामो समय देखि पिडामा रहेका व्यक्तिका सन्तानले जन्मको आधारमा हाल वंशज  नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरि रहेकोमा सोको लागि मधेस प्रदेश सरकार खुशि प्रकट गर्दछ भने कुरा उल्लेख गरेका छन्। सहज र सरल ढंगबाट विना कुनै झन्झटिलो तरिकाले नागरिकता दिने कार्य व्यवस्थित बनाउन  मधेस प्रदेश सरकार प्रदेशका सवै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन् ।