प्राइम खबर संबाददाता | भदौ १४, २०८० बिहिबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।


चीनले हालै प्रकाशीत गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेपछि असन्तुष्ट बालेनले आफ्नो भ्रमण रद्द गरेको जानकारी दिए ।



चीनको निमन्त्रणला ५ दिने उच्चस्तरीय भ्रमणमा जान लागेमा मेयर शाहले अन्तिम समयमा आएर आफ्ने भ्रमण रद्द गराएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।



उनले लेखेका छन् ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ ।