प्राइम खबर संबाददाता | भदौ २३, २०८० शनिबार

पहाडी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।


गएराति पनि काठमाण्डौसहित पहाडी जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । आज दिउँसो, बेलुकीपख र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिएका छन् ।



उनका अनुसार कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक, दुई ठाउँमा पानी पर्ने अनुमान छ ।



तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना छैन । त्यहाँ आज पनि हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् महर्जनले बताए । तराईका जिल्लामा हिजो पनि हावाहुरी चलेको थियो ।