प्राइम खबर संबाददाता | भदौ २६, २०८० मंगलबार

पुर्व मन्त्री समेत रहेका रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अध्यक्ष प्रभु साह सहित उनले हाँकेको आइट  आर्मी नामक दस्तका नेताहरु  उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साह माथि जिल्ला अदालत रौतहटमा गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
प्रभु साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरि आफ्नो मान मर्यादा र प्रतिस्ठामा आच पुर्याउने काम गरेको भन्दै जनता समाजबादि पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्य तथा समाजवादी युवा संघ रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले आज जिल्ला अदालत गौरमा उनिहरुमाथी गाली बेइज्जतीको मुद्दा दिएका हुन । पछिल्लो समय साहले आम जनता पार्टी नामको पार्टी खोलेर सोही पार्टीको आडमा राजनीति गर्दै आएका छन् ।