प्राइम खबर संबाददाता | मंसिर ८, २०८० शुक्रबार

बहुभाषि गायक तथा संगीतकार सुर्य राई दनुवार (कमल) र गायिका तथा मोडल रित्तिका जिरेलले आफ्नो बेजोड प्रस्तुती दिएर चन्द्रपुर तताएका छन् ।

बिहीवार राईदनुवार साँस्कृतिक विकास केन्द्र नेपालको आयोजनामा चन्द्रपुर नगरपालिका वडा नम्बर पाँच स्थित थलाहिटोलमा राई दनुवार समुदायको मौलिक चाँड ठुलो एकादशी पहिचानमुलक साँस्कृतिक बृहत कार्यक्रममा आफ्नो बेजोड प्रस्तुति दिदै गायक तथा सङ्गितकार सुर्य राई दनुवार (कमल) र गायिका तथा मोडल रित्तिका जिरेलले चन्द्रपुर तताएका हुन् । लामोसमय देखि नेपाली गित संगित क्षेत्रमा सक्रिय गायक राईले नेपाली,मैथली,अवधी,राईदनुवार भाषा,हिन्दी,भोजपुरी ,दनुवारी तामाङ्ग सेलो गरि १०० भन्दा बढि गितहरुमा स्वर संगित दिएका छन् ।



पछिल्लो समय गायक तथा संगितकार राईको दर्जंनौ गितहरु दर्शकले रुचाएपछि पहाड तथा तराईका जिल्लाहरुमा गायक राईलाई बिभिन्न कार्यक्रमहरुमा निमन्त्रण गरिन्छ ।

सो साँस्कृतिक कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निलहरी कोईराला,सुरेन्द्र श्रेष्ठ,हाँस्य कलाकार घनश्याम एन्टिना,चलचित्र निर्देशक रमेश राई दनुवार,नृत्य कलाकार ईश्वरी राई दनुवार,गायक भुवन राई दनुवार,शिलास राई दनुवार लगायतको सहभागिता रहेको थियो ।