न्यूज डेस्क | चैत ६, २०८० मंगलबार

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन हुन नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडान राखेका थिए । तर मंगलबार नै संसद बैठक सकिएपछि संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति मात्र दिएको आरोप लगाए ।
‘सरकार भन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन’, ओलीले भने, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौं । संसदीय छानबिन समिति कसरी र केका लागि ? बन्ने सम्भव नै छैन ।’उनले भने ।