न्यूज डेस्क | जेठ २७, २०८२ सोमबार

राज्यको सेवासुविधा लिएर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा हस्तक्षेप गर्न थालेकी छिन् ।


मोरङ, झापा लगायतका जिल्लामा भण्डारीले आफूलाई सक्रिय बनाएकी छिन् । पूर्वराष्ट्रपतिको हैसियतले प्राप्त गरेको सेवा, सुविधा भण्डारीले प्रयोग गरेर एमालेमा सक्रिय भएपछि प्रश्न उठेका बेला एमालेभित्रै विरोध भएको छ ।



प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले भण्डारीको पक्षमा नखुल्न निर्देशन समेत दिइसकेका छन् । भण्डारी एमालेको राजनीतिमा सक्रिय भएपछि ओलीको मनमा चिसो पसेको हुन सक्छ ।

भण्डारी एमालेमा गुट निर्माणमा लागेकी छिन् । उनले नेताहरूसंग नियमित भेट भइरहेका छन् । उनले आफू निकटका नेताहरूलाई जिल्ला दौडाहामा खटिएकी छिन् । भण्डारी चिन भ्रमणबाट नेपाल फर्किएपछि एमाले संस्थापन पक्षमा चिसो पसेको बुझिएको छ ।