न्यूज डेस्क | असोज २८, २०८३ बुधबार

नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन अन्तर्गत रौतहटमा संगठन बिस्तारले तिब्रता पाएको छ । वडा अधिवेशनबाट रौतहटको कटहरिया नगरपालिका–२ को वडा सभापतिमा रुपनारायण चौधरी सर्वसम्मत निर्वाचित भएका छन्।


पूर्व गाविस अध्यक्ष सराजुल देवानको अध्यक्षतामा सम्पन्न अधिवेशनले चौधरीलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो। पार्टीको आन्तरिक संगठनलाई वडा तहमा थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित अधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको जनाइएको छ। वडा तहको नेतृत्व चयनलाई पार्टीको संगठन विस्तार तथा आगामी महाधिवेशनको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।



जिल्ला संयोजक रबिनचन्द्र कोईरालाको प्रमुख आतिथ्यतामा भएको भेलाले चौधरीको सर्वसम्मत चयनसँगै कटहरिया नगरपालिका–२ मा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको काँग्रेश नेता कल्याण कार्कीले बताएका छन् ।