न्यूज डेस्क | कात्तिक १८, २०८३ बुधबार

नेपाली कांग्रेस देउवा पक्षको चन्द्रपुर नगर अधिबेशन सम्पन्न सम्पन्न भएको छ । अधिबेशनबाट (देउवा)समुहको चन्द्रपुर नगर समितिको सभापतिमा कमल राउत निर्वाचित भएका छन ।
मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १० स्थित बाल्चनपुरमा सम्पन्न नगर अधिवेशनबाट उक्त पार्टीको चन्द्रपुर नगर सभापतिमा राउतलाइ निर्वाचित गरेको हो ।


पार्टीको नगर उपसभापतिमा सुरेन्द्र सापकोटा ,महिला उपसभापतिमा सुष्मा दाहाल ,सचिवमा उमेश चौधरी र भोजराज पोखरेल ,त्यस्तै सहसचिवमा रविन दंगाल र हिरा पन्त निर्वाचित भएको नेपाली कांग्रेस देउवा पक्षका रौतहट जिल्ला संयोजक रबिनचन्द्र कोइरालाले जानकारी दिए ।



मङ्सिर २०,२१,२२ गते काठमाडौं खुलामञ्चमा आयोजना हुने केन्द्रीय महाधिवेशन अन्तर्गत रौतहट जिल्लामा मंगलबारबाट रौतहट जिल्लाभरीको नगर अधिवेशन सुरु भएको संयोजक कोइरालाले बताए ।
रौतहट जिल्लाका करिब १०५ भन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न भैसकेको र छठपर्व पश्चात जिल्ला अधिवेशन सम्पन्न गरिने समेत संयोजक कोईरालाले बताएका छन् ।



चन्द्रपुर नगर समितिको नगर अधिवेशन जेष्ठ क्षेत्रिय प्रतिनिधि ढोडाई चौधरीको सभापतित्वमा तथा जिल्ला संयोजक रविनचन्द्र कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नगर अधिवेशनमा सो पार्टीका सर्लाही जिल्लाका केन्द्रिय प्रतिनिधि सपुत बहादुर कार्की,पार्टीका नेता नेपाल कार्की, महिला नेतृ सरस्वती गिरी,युवा गोपाल हुमागाई,वडा समितिका पदाधिकारीहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।