एजेन्सी | पुस ३, २०७८ शनिबार

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा  ७ हजार  १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा ८ हजार ७०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरि २८९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८४ हजार ५६५ जना रहेको स्रोतले बताएको छ ।



भारतमा हालसम्म ३ करोड ४१ लाख ७१ हजार ४७१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यसैगरि यहाँ कोरोना महामारी सुरु भए यता कोरोना संक्रमणको कारण ४ लाख ७७ हजार १५८ जनाले ज्यान गुमाईसकेका छन् ।