प्राइम खबर संबाददाता | पुस १०, २०७८ शनिबार

नेपाली कांग्रेस चन्द्रपुर रौतहटको वडा नं ६ को वडा अधिवेशन बाट निर्वाचित वडा कार्यसमितिको पहिलो बैठक आज शनिवार बस्दैछ।

जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर मा बैठक बिहान साढे ११ बजे बस्ने कार्यक्रम तय गरिएको वडा सभापति नेत्र बहादुर कुष्वरले जानकारी दिए।



बैठकमा सभापति कुश्वरले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउन, वडामा गतिशील कांग्रेस निर्माण गर्न र वडामा जनपक्षिय कार्यहरू गर्दै भावी योजना एबम् नयाँ कार्यदिशामा कांग्रेसलाई रूपान्तरित गर्न विशेष योजना सहित निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ।

  १० वटा वडा रहेको चन्द्रपुरमा वडा अधिवेशन पश्चात निर्वाचित पदाधिकारीको बैठक गर्ने पहिलो वडा भएको जनाएको छ । कांग्रेस वडा समितिले बैठकमा निर्णयसहित शनिबार नै वडाका सम्पूर्ण क्रियाशील सदस्यहरू समेतलाई सहभागी गराई वडामा प्रविधिमैत्री कांग्रेस,जनमैत्री र विकास मैत्री कांग्रेस बनाउने लक्ष्य आफ्नो रहेको सभापति कुशवारले बताए ।