प्राइम खबर संबाददाता | पुस १९, २०७८ सोमबार

मुक्तिनाथ विकास बैंक लिमिटेड आज (सोमबार) देखि १६ औं वर्षमा प्रवेश गरेको छ । सो अबसरमा बैंकको रौतहट स्थित गरुडा शाखाले सोमबार शुभकामना आदान–प्रदानसहित बोर्षिकोत्सव मनाएको छ । सो शाखा अन्तर्गतका सेवाग्राही, बैंक कर्मचारी, गरुडा नगरपालिका र जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुसंग शुभकामना आदान–प्रदानसहित वार्षिकोत्सव मनाइएको शाखा प्रवन्धक मुरारी साहले बताए ।

सोमबार नै बैंकको केन्द्रिय कार्यालय र देशभरका विभिन्न शाखाहरुले वार्षिकोत्सव मनाएसंगै ३२ वटा नयाँ शाखाको उद्घाटनसमेत गरेको जनाएको छ । डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटै ठाउँमा गरिएको सो बैंकले जनाएको छ । एकसाथ विस्तारित शाखाको बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेका हुन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयहरुको उद्घाटन गरेको हो ।



अध्यक्ष ढकालले विशेष सम्बोधन गर्दै बैंकले सदैव गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत जनाएका छन् । विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा मुक्तिनाथ विकास बैंकले पनि योगदान दिनेसमेत प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको जनाइएको छ । विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग समेत गरेको जनाइएको छ ।

  बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी देशभरको जुनसुकै एटिएम मेसिनबाट निःशुल्क पैसा निकाल्न मिल्ने सेवा बैंकको रहेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामा नै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३ नम्बरको प्रयोगबाट सेवा प्रदान गर्न सुरु गरेको छ । विभिन्न सेवाहरूको विस्तार सँगै बैंकको शाखामा भौतिक रुपमा उपस्थित बिना घरबाटै समेत सेवा लिन सकिने व्यवस्था सो बैंकले गरेको छ ।