प्राइम खबर संबाददाता | पुस २८, २०७८ बुधबार

बढ्दै गरेको चिसो मौसममा चर्चित गायक प्रमोद खरेल, बबिना किराती स्थानिय गायक नन्दु गुरुङ सहितको कलाकारहरुको टिमले पथरीमा साङगेतिक धमाकाका साथ माहौल तताउने भएका छन् । मोरङको पथरीशनिश्चरे २ मा रहेको सिनभिलेज पार्टिप्यालेसमा पौष ३० गतेका तय भएको सिनभिलेज म्युजिकल कन्सर्ट २०२२ मा सहभागी हुन उनिहरु आउने भएको आयोजकले जनाएको छ ।

साँझ ५ बजेदेखि सुरु हुने कन्सर्टमा खरेल प्रमुख आकर्षणका रुपमा रहने छन् भने खरेलका साथमा बबिना किराँती, नन्दु गुरुङ, सुरेश धिमाल, सिद्धान्त खड्का, ताराबीर पाण्डे लगायतले प्रस्तुती दिने भएका छन् ।



 उक्त सांस्कृतिक कार्यक्रममा बेलबारी, केराबारी, लेटाङ, भाउन्ने, कानेपोखरी, जाँते, उर्लाबारी, मिक्लाजुङ देखिका मानिसहरु सहभागी हुने अनुमान आयोजकको रहेको छ ।
कन्सर्टका लागि आयोजकले २५०  र एकहजार  दरका दुईथरी टिकटको ब्यबस्था गरेको पार्टी प्यालेस संचालक दिपक बुढाथोकीले जानकारी दिएका छन्  ।