प्राइम खबर संबाददाता | पुस ३०, २०७८ शुक्रबार

नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।  वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला  रहेको सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ ।