प्राइम खबर संबाददाता | माघ ४, २०७८ मंगलबार

प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको हो ।

बैठकमा सहभागी दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् ।सरकार सञ्चालनमा सहयोग पुर्याउन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको उच्च स्तरीय राजनीतिक संयन्त्रमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ,कांग्रेसका कृष्ण प्रसाद सिटौला, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल समितिमा सदस्य रहेका छन ।