प्राइम खबर संबाददाता | माघ ४, २०७८ मंगलबार

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । मंगलबार जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले मधेश नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला समेत दहन गरेका हुन् ।

प्रदेशको नाम मिथिला-भोजपुरा वा जानकी प्रदेश नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार भएको प्रदर्शनकारीहरुको आरोप रहेको छ । सोमबार प्रदेश सभाको बैठकमा दुई तिहाई मतले प्रदेशको नाम मधेश पारित भएको हो ।