प्राइम खबर संबाददाता | बैशाख ३१, २०७९ शनिबार

नेपाली कांग्रेसले चन्द्रपुरमा विजयी सुरुवात गरेको छ।  कम्युनिष्टको लाल किल्लाको रूपमा रहेको विरासतलाई पूर्ण विराम लगाउँदै नेपाली कांग्रेसले चन्द्रपुर वडा नंबर १ मा आफ्नो विजयी सुरुवात गरेको हो । 
नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार रहेका बलराम राउतले फराकिलो मतान्तर सहित बिजय हासिल गरेका हुन् । उनले नेकपा एकीकृत समाजवादीका वीर बहादुर रखाललाई ८ सय २१ मतान्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।  ३२ वर्षको कम्युनिस्ट विरासतलाई तोड्दै नेता राउतले सो वडामा कांग्रेसको झण्डा गाड्न सफल भएका हुन् । ५ हजार ६१० मतदाता रहेको वडामा शुक्रबार भएको निर्वाचनमा ४ हजार ३६  मत खसेको थियो ।  जसमा नेपाली कांग्रेसले चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा १६७० मत प्राप्त गरेको छ भने नेकपा एसले ११८२ , माओवादी केन्द्रले ६१३ , नेकपा एमालेले २९६ मत प्राप्त गरेको छ भने स्वतन्त्र उम्मेदवारको आँप चिन्हमा सो वडामा ४५ मत परेको छ । अन्य वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।