न्यूज डेस्क | बैशाख १४, २०८३ सोमबार

भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । 


निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीका अनुसार दलको नेता सर्वसम्मत भएका हुन् ।  यसैगरी पार्टीको प्रमुख सचेतकमा बाशना थापा र निस्कल राई सचेतकमा चयन भएका हुन् । आङदेम्बे बिशेष महाधिबेशनका पक्षधर भने होईनन् । 



आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएको निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।