प्राइम खबर संबाददाता | जेठ १०, २०७९ मंगलबार

बारा जिल्लाको जितपुरसिमरामा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका १६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।



लालबन्दीबाट हेटौंडा जाँदै गरेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट कार जलेर पूर्ण रुपमा नष्ट भएपनि मानवीय क्षति भएको छैन। कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएपछि दमकल सहित प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टा पछि आगो नियन्त्रणमा लिइएको जनाएको छ।