प्राइम खबर संबाददाता | जेठ २५, २०७९ बुधबार

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भएपछि मात्रै  अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि नेप्सेमा लगातार गिरावट भएको छ  , साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ४५.५९ अंकले गिरावट हुँदा २०२०.२३ अंकमा बन्द भएको छ । बजेट पछिको सात कारोबार दिनमा नेप्से २०३.५५ अंकले घटेको हो । जेठ १३ गतेयता कारोबार भएको हरेक दिन नेप्सेमा गिरावट भइरहेको छ ।  पछिल्लो ८ दिनमा मात्रै नेप्से २१९.३७ अंकले घट्यो ।