प्राइम खबर संबाददाता | असार ७, २०७९ मंगलबार

 पूर्ब संचारकर्मि रबि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।  मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न राजनितिमा आएको बताए । उनले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताए ।  रवि लामिछाने नेतृत्वको पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको छ ।
काठमाडौंमा पार्टी घोषणा गर्दै उनले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने र चुनाव चिन्ह घन्टी प्रस्ताव गरेको बताएका छन्  ।