प्राइम खबर संबाददाता | साउन २५, २०७९ बुधबार

रौतहट स्थित रहेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनको मिति तय गरिएको भएतापनि भागबन्डा मिलेपछि निर्वाचनको मतदान प्रक्रिया टुंगिएको छ ।

नगर उद्योग वाणिज्य संघको अध्यक्षमा उदय नारायण सापकोटाको मात्र एकल उम्मेदवारी परेको कारण अध्यक्ष पदमा यस अघिनै उनी निर्वाचित भएका भएतापनि अन्य सदस्य पदमा भने २७ जनाको उम्मेदवारी परेको थियो । 



२७ जनाले उम्मेदवारी दर्ता गरेको भयता पनि १३ सदस्य पदको लागि हुने निर्वाचनको प्रक्रिया मतदान मार्फत प्रतिनिधि छनौट गर्न उत्साहित सो क्षेत्रका उद्योगी व्यवसायी हिस्स परेका छन् । व्यवसायि मतदाताको मतअधिकार निर्वाचन समितिको मातहतमा निहित गरेर दलीय भागवण्डाको आधारमा टीके प्रथाबाट पद बाँडिएको र समावेशी प्रतिनिधित्व नगरी गरिएको भागबन्डामा सो मध्य एकजना पनि महिलाको नाम समावेश हुन नसकेको भन्दै चौतर्फी आवाज उठिरहेको छ। 

यस अघि निर्वाचन मार्फत हुने गरेको पदाधिकारी चयनमा भने महिलाको सम्मानजनक स्थान रहेको भएपनि यसपटकको समितिमा महिलालाई उपेक्षा गरिएको महिला अधिकारकर्मीको आरोप रहेको छ । उता निर्वाचन समितिले भने महिलालाई पछि मनोनयन गर्न मिल्ने भन्दै पन्छिएको छ।