प्राइम खबर संबाददाता | साउन २५, २०७९ बुधबार

 

संजय सहनी,  पुर्व मन्त्री एवं लोकतान्त्रिक समाजबादी पार्टीका मदेश प्रदेश अध्यक्ष  जितेन्द्र सोनलले मंगलबार बाराको विश्रामपुर गाउपालिका वडा-४ बलिरामपुरमा समाजिक बिकास सेवा समिति नामक एक क्लबको उद्वघाटन गरेका छन् ।



उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी सोनलले समाजको हरेक कार्यमा क्लबको आवश्यकता रहेको हुनाले गाउँको टोल / टोलमा क्लबको स्थापना हुनुपर्नेमा  बिशेष जोड रहेको  उनले बताएका छन् ।

सो क्लबमा आबद्ध रहेको युवाहरू गाउँ टोलमा जातपात,धनी गरिब नहेरी सबैको समान रुपले सेवामुलक कार्य गर्न र  समाजको कुुरीति हटाउनुको साथै समाजलाई एकीकृत राख्न महत्त्वपूर्ण भुमिका खेल्दै आएकोमा सराहना समेत प्रमुख अतिथी सोनलले गरेका छन् ।

पुर्व मन्त्री समेत रहेका सोनलले सो क्लबका पदाधिकारी सदस्यहरुलाइ गम्छा ओढाइ सम्मान गर्नुको साथै क्लबको उतरोउतर प्रगतिको लागि शुभकामना ब्यक्त गरेका छन्। 

उक्त कार्यक्रममा बिश्रामपुर गा.पा प्रमुख जुल्फकिर अलि भुट्टो, का.स. बिजय पण्डित लोसपा नेता अमरदेव कुशवाहा,हिरालाल साह,अजय गुप्ता,भोला सोनार, जुमराती मिया,जिउत यादव,रामसुनर ठाँकुर,शुरजभान सिंहको विशेष उपस्थित रहेको थियो ।

कार्यक्रम क्लबको अध्यक्ष प्रदीप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय युवा,बुद्धिजीवि समाजसेवीहरुको समेत भब्य उपस्थिति रहेको थियोे।