प्राइम खबर संबाददाता | असोज ९, २०७९ आइतबार

२०७४ सालको निर्वाचनमा जान अघि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बाम गठबन्धन गरेर निर्वाचममा होमिए। त्यहि अनुसार निर्वाचन जित्यो। त्यसपछि नेकपाको सरकार  बन्यो । त्यस लगत्तै एमाले र माओबादी एकता भयो। निर्वाचनमा जान अगाडी गरेको सहमति अनुसार पार्टी एकता भयो। तर सरकार संचालनमा पनि सहकार्य गर्ने सहमति भएको थियो। तर ओली सहमति अनुसार अगाडी बढ्न छाडे।
पार्टीभित्रको आन्तरिक विवादकै किचलोमा नेकपा केहि वर्षा चल्यो। तर ओली र प्रचण्डबीच भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमति ओलीले कार्यान्वयन गर्न ब्याक सरेपछि नेकपामा झन ठुलो विवाद उत्पन्न भयो।
त्यसपछि आफ्नै पार्टीका सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्यो। त्यहि कुरा जानकारी पाएपछि ओलीले संसद विघटन गर्यो र आम निर्वाचनको घोषणा समेत गरे।
तर संसद पुनस् स्थापना भएपछि फेरी ओलीले आफ्नो पक्षमा सांसद तान्नकै लागि मन्त्री पद उपहार दिंदै आफ्नो पक्षमा ताने। त्यहि क्रममा माओबादी केन्द्रका केहि नेताहरु मन्त्री पदको लोभले ओलीलाई साथ दिए अनि मन्त्री बने।
ति नेताहरु मध्ये एक हुन् माओवादी छाडेर एमालेमा आएका प्रभु साह । साह शहरी विकास मन्त्री बने, नेकपा (माओवादी केन्द्र) त्यागेपछि ऊनको सांसद पद पनि गुमेको थियो ।
माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गराएको दल त्यागको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई जानकारी गराएपछि साह संविधानको व्यवस्था अनुसार मन्त्री पदबाट स्वतः मुक्त भए ।
 
त्यहि साह यस पटक रौतहट क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार बन्दैछन् । लामो समय माओवादीबाट जितेका साहलाई एमालेकै पुराना नेता कार्यकर्ताले समेत त्यति रुचाएका छैनन् । उनको एमालेमा प्रवेश सँगै रौतहटको एमालेमा खैलाबैला मच्चिएको थियो । जिल्ला पार्टी पदाधिकारीमा स्वेच्छाचारी प्रवृत्ति देखाएको भन्दै एमालेका दिग्गज नेताहरुले विरोध समेत गरेका थिए । निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका तुलसी राज गिरी र एमाले चन्द्रप मधेश प्रदेश कमिटी सदस्य राजु धामी लगायतले स्थानीय निकायको निर्वाचनमा टिकट वितरण गर्दा मनोमानी गरेको भन्दै पार्टी समेत परित्याग गरेका थिए । उता क्षेत्र नंबर ३ मा सत्ता गठबन्धनको उम्मेदवारलाई जिताउन आफूहरु आतुर रहेको पूर्व एमाले नेता भुवन रेग्मी बताउँछन् । आईटी आर्मी खोलेर त कहिले मेला लगाएर पटक पटक चर्चा र विवादमा आएका नेता साहको कारण एमाले जिल्लामा राजनीतिमा भूमिका नै नभएको व्यक्ति आफू निकट रहेको भरमा पदाधिकारी नियुक्त गरेको, आफ्नो पिए र आफन्तलाई स्थानीय निर्वाचनमा टिकट वितरण गर्दा पुराना एमाले नेता कार्यकर्ता निरीह बन्नुपर्ने स्थिति उत्पन्न भएकाे रौतहटका एमाले नेता कार्यकर्ता बताउँछन् ।