प्राइम खबर संबाददाता | कात्तिक २९, २०७९ मंगलबार

रौतहट निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. मोहम्मद फिरदोस आलमले हत्या आरोपमा जेल परेका बुबाको अधुरो रहेको काम पूरा गर्न चुनावी मैदानमा आएको बताएका छन ।

चुनाव प्रचार प्रसार गर्ने क्रममा आलमले २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनका बुवा मोहम्मद आफताव आलमलाई नेकपा एमालेले झुट्टा मुद्दामा फसाएको कारण अधुरो रहेको सो क्षेत्रको विकास निर्माणको कार्य पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।



२०६४ साल चैत्र २७ गते भएको बम विस्फोटको घटनामा कुनै प्रमाण नहुँदा पनि बुवा ( अफ्ताव आलम )लाई फसाएर जिल्लामा नेपाली कांग्रेस लाई नेतृत्वविहीन बनाउने विपक्षीको सोचलाई असफल बनाउने उद्देश्यका चुनावमा सहभागी भएको उनको भनाई रहेको छ ।

नेपाल प्रहरीमा प्रहरी निरीक्षक रहेका उनी प्रहरी चिकित्सा क्षेत्रको जागिर त्यागेर राजनीतिमा आएको आलम घरदैलोमा व्यस्त छन ।

क्षेत्रको भौतिक पूर्वाधार, सिचाई स्वास्थ्य र शिक्षाको अवस्था अझै बलियो बनाउने आफ्नो सोच रहेको बताउँदै डाक्टर आलमले नेपाली कांग्रेसको सरकार भए मात्र मुलुकमा समृद्धि आउने बताएका छन । सो क्षेत्रमा उनीसँग स्वतन्त्र उम्मेदवार किरण साह चुनावी प्रतिस्पर्धामा छन् ।