प्राइम खबर संबाददाता | भदौ २१, २०८० बिहिबार

रौतहटको चन्द्रनिगाहपुर स्थित शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा विहिबार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगीतामा पत्रकार समुहको टिम विजयी भएको छ । चन्द्रपुर सिटि जेसिज वर्ष२०२३ को जेसिज सप्ताह अर्न्तगत विहिबार सो फुटबल प्रतियोगीता सम्पन्न भएको प्रतियोगीताका कार्यक्रम संयोजक जेसि जिवन कटुवालले बताए । उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगीता चन्द्रपुरका पत्रकारहरु र चन्द्रपुर नगर उद्योग वाणिज्य संघ मा आबद्ध व्यवसायिहरु बीच भएको थियो । सो प्रतियोगीतामा पत्रकार समुहले व्यापारी समुहलाई ४-० गोल अन्तरले पत्रकार समुह विजयी भएको चन्द्रपुर जेसिज २०२३ का अध्यक्ष चिरञ्जिवी गौतमले जानकारी दिएका छन् । प्रतियोगीतामा पत्रकार समुहको तर्फबाट संजय कार्कीले १ गोल , विकास तिमल्सिनाले २ गोल र शिव पुरीले १ गोल गरेका थिए भने ब्यापारीहरुको तर्फबाट कुनै गोल हुन सकेन । चन्द्रपुर सिटी जेसिजको नियमित कार्यक्रम अर्न्तगत यस बर्षको जेसिज सप्ताह कार्यक्रम शुक्रबार सडक नाटक कार्यक्रम गरेर समाप्त हुने समेत अध्यक्ष गौतमले बताए  । चन्द्रपुर जेसिजले गत सोमबारबाट जेसिज सप्ताह अर्न्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसपटक भने जेसिजले नयाँ किसिमको प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो ।