न्यूज डेस्क | फागुन २९, २०८० मंगलबार

रौतहटको चन्द्रपुर नगरपालिका जारी नगर स्तरीय प्रथम वडा अध्यक्ष फुटबल कपको उपाधिमा वाड नं. ३ ले कब्जा गरेको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आयोजनामा भएको सोमबार सम्पन्न फाइनल खेलमा वाड नं. ५ लाइ हराउदै वाड नं. ३ ले उपाधि हात पारेको हो । खेलको समयभरी दुबै टिमले गोल गर्न नसकेपछि भएको ट्राइबेकरमा वाड नंं ३ ले वाड नं. ५ को टिमलाइ हराएको थियो । ट्राइबेकरमा वाड नं. ३ ले ५ गोल गरेको थियो भने वाड नं. ५ ले ४ गोल गर्न सफल भएको थियो ।
बिजेता वाड नं. ३ ले नगद ३० हजार र ट्रफी हात पारेको छ भने उपबिजेता वाड नं. ५ ले नगद २० हजार र ट्रफि हात पार्न सफल भएको थियो ।
पुरस्कार बितरण गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले यस्ता किसिमका खेलले आपसी सदभाब बढाउनुको साथै खेल क्षेत्रको पनि बिकाश हुने बताउनु भएको छ । फुटबल खेलको बिकाशको लागी आफुले सक्दो सहयोग गदै आएको उनले बताए ।
उक्त वडा अध्यक्ष फुटबल कपको उत्कृष्ठ खेलाडी वाड नं. ३ टिमका रुपेश धामीले हात पारेका छन । धामीले नगद ५ हजार सहित ट्रफी पाएका छन । यसैगरी उत्कृष्ठ फर्वाडमा वाड नं. ३ कै जर्सी नं. १० का सरोज लामाले नगद ३ हजार सहित ट्रफी र उत्कृष्ठ गोल रक्षकमा वाड न.ं ३ का निरज धामीले नगद ३ हजार सहित ट्रफी हात पारेका छन ।
यसैगरी वाड नंं ५ को टिमबाट उत्कृष्ठ मिड फिल्डरमा सुरेश पौडेलले नगद ३ हजार सहित ट्रफि र उत्कृष्ठ डिफेन्डरमा बिष्णु कार्कीले नगद ३ हजार सहित ट्रफी पाउन सफल भएका छन ।
बिजेता र उप बिजेता टिमलाइ नगर प्रमुख काफलेले पुरस्कार बितरण गर्नुभएको थियो । उक्त वाड अध्यक्ष फुटबल कपमा चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुको १० वटा टिम सहभागी भएको थियो । उक्त समापन कार्यक्रम आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । वाड अध्यक्ष राना मगरले खेललाइ भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गरेका छन् । रौतहट मै पहिलो पटक भएको वाड अध्यक्ष कप पुर्ण रुपमा सफल भएको उनको भनाइ रहेको थियो । वाड नं. ४ ले खेल क्षेत्रको बिकाशको लागी काम गदै आएको बताउनु हुदै वाड अध्यक्ष राना मगरले यस वाड अध्यक्ष कप प्रतियोगितालाइ निरन्तरता दिने प्रतिबद्धता समेत गरे।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शुशिल आचार्य, अखिल नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,चन्द्रपुर नगरपालिकाका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ३ का वाड अध्यक्ष बोधनाथ देबकोटा,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी लगायतको उपस्थीती रहेको थियो । सोही कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक आचार्यले महिला फुटबल खेलाडीहरूको हौसला बढाउन १८ जोर बूट समेत सहयोग गरेका थिए।