न्यूज डेस्क | चैत १४, २०८० बुधबार

रौतहट जिल्लाको बृन्दावनमा दर्जनौको संख्यामा बिभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गरेका छन् ।

बृन्दाबन नगरपालिका वडा न. १ स्थित रमौली टोलमा जनता सङ्ग नियमित भेटघाट तथा जनगुनासो र समस्या समाधानका लागी बुधबार आयोजित कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी माओबादी प्रबेश गरेका हुन् ।



नगर प्रमुख पदका प्रत्यासी माओबादी नेता रामप्रसाद पटेलले बताए अनुसार उक्त कार्यक्रम अंतर्गत कै क्रममा नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायत विभिन्न पार्टी परित्याग गरी  जयलाल चौधरीको नेतृत्वमा ६५ जना नेकपा माओवादी केन्द्रमा  प्रवेश गरेका हुन् ।

 सो कार्यक्रममा बृन्दावन २ का वडा अध्यक्ष सिकिन्द्र राउत कुर्मि , नगर प्रमुख  प्रत्यासी राम प्रसाद पटेल लगायतको उपस्थितिमा रमौली टोलमा पार्टी प्रबेश कार्यक्रम भएको हो ।  स्थानिय सामाजिक अगुवा नेता तथा कार्यकर्ताको उपस्थितीमा नबप्रबेशीलाई नेता पटेलले टिका र माला लगाएर स्वागत गरेका थिए ।