न्यूज डेस्क | चैत १६, २०८० शुक्रबार

बाराका निजी विद्यालयको एसइइ सेटिङमा संचालन भईरहेको रहस्य बाहिर आएको छ । प्राय जिल्लाका प्राईभेट बोडिङ्ग स्कुलका सेन्टर ति स्कुलमा रहेको छ, जहाका शिक्षक त्यस सेन्टरको प्रधानाध्यापक रहेका छन् । सेन्टरमा सुपरिटेन्डेन्ट स्कुलका प्रधानाध्यापक वा मावि तहका शिक्षक हुनुपर्ने व्यवस्था रहेको शिक्षा अधिकृत उपेन्द्र सिहले बताएका छन् ।
प्राईभेट बोडिङ्गमा पढाउने शिक्षक सेन्टरका सुपरिटेन्डेन्ट भए पछि विधार्थीहरूलाई नक्कल गर्न सजिलो हुने गरेको छ । नागरिक समाजका अध्यक्ष उमेशलाल दासका अनुसार फलामे गेटको रुपमा चिनिने एसईई आज भोली भ्रष्ट शिक्षकहरू कमाई खाने भाडो बनाएको आरोप लगाएका छन् । जब विधार्थीको ग्रास लेवल मजबुत भएन भने भविष्यमा कसरी दक्ष जनशक्ति उत्पादन गर्न सकिने उनले भने ।
कक्षा १ देखि १० सम्म निजि विद्यालयले अभिभावकको ढाड सेक्ने गरि पैसा लिन्छन र अन्त्यमा नक्कल गराएर उत्कृष्ट घोषित गर्नु कतिको जायज रहेको दासले भने । जबसम्म सरकारी विद्यालयका शिक्षक राजनितिक गर्न छोडेर शिक्षा प्रति ईमानदार नभए गुणस्तरीय शिक्षाको आकलन गर्न नसकिने नागरिक समाजका अध्यक्ष दासले बताए ।

प्राईभेट बोडिङ्ग स्कुलका विधार्थीहरूको लागि प्रश्न पत्र पाउने वितिकै मोवाईलको समाजिक संजालबाट बाहिर जाने गरेको छ । बोडिङ्ग स्कुलका सिफारिसमा दुर्गा माविमा खटेका एक जना गार्डले मोबाइलबाट प्रश्न पत्र बाहिर पठाएका थिए ।



नक्कल गराउनका लागि बाहिर बसेको प्राईभेट बोडिङ्ग स्कुलका शिक्षकहरूले प्रश्न पत्रको जवाफ लेखि जति विधार्थी छन् , त्यति प्रति फोटोकपी गरेर सेन्टरका पियन देखि गार्डमा खटेका निरीक्षकले विधार्थी समक्ष पुर्याउने गरेका छन् ।

सम्पूर्ण प्रक्रिया पुरा गर्न सेन्टरका सुपरिटेन्डेन्ट देखि पियन समेतको सेटिङ्गमा निर्घात रूपमा नक्कल गराउन लागिपरेका छन् । सेन्टरमा खटेका प्राय गार्डहरू कक्षा कोठा बाहिर बस्ने र विधार्थीहरू खुल्याम भित्र नक्कल गरिरहेका हुन्छन, ‘ गार्डहरू गेटमा बसेर बाहिरबाट परिक्षा अनुगमन समिति आउने बितिकै सावधान गराउने गरेका छन् ।

प्राईभेट बोडिङ्गमा ठुलो धन राशी खर्च गरि टप हुनका लागि अभिभावकले १ देखि २ हजार अतिरिक्त रकम दिएको खुलासा भएको छ । जिल्लाका अधिकांश निजि विधालयले उत्कृष्ट गराउने नाममा अतिरिक्त शुल्क लिएको पाईन्छ ।