प्राइम खबर संबाददाता | पुस १, २०७९ शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको छ।



अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पर्ने निगमले जनाएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाइएको छैन। भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएसँगै नेपालमा मूल्य घटेको निगमले जनाएको छ।