प्राइम खबर संबाददाता | पुस ६, २०७९ बुधबार

चन्द्रपुर नगर उधोग बाणिज्य संघले चर्को ब्याजदरका बिरुद्ध बिरोध प्रदर्शन सहित  बैंक तथा वित्तीय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरुले ब्याज दर बढाएको विरोधमा चनद्रपुरका व्यवसायीहरुले प्रदर्शन गरेका छन् । बैंकको निक्षेपमा २ प्रतिशत र कर्जामा अधिकतम ६ प्रतिशत व्याजदर कायम गर भन्दै प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको व्यवसायीको गुनासो छ ।
 साथै नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्ग निर्देशन र सोही मार्ग निर्देशनको आडमा वर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर बृद्धीले निजी क्षेत्र धरासायी हुन लागेको व्यवसायीले बताएका छन् ।



देशमै केहि गरेर जीवीकोपार्जन गर्ने मनसाय बनाएका नवप्रवेशी व्यवसायीहरुका लागि पनि यस किसिमको वातावरणले गर्दा देशबाट श्रम पलायन भई आगामी दिनहरु अझ बढि कष्टकर हुने व्यवसायीहरु बताउँछन् । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले जोखिमका आधारमा आधार दरमा २ ३ प्रतिशत मात्र थप प्रिमियम लिनुपर्नेमा मनपरि ८ प्रतिशत सम्म प्रिमियम जोडी ब्याज लिने गरेको व्यवसायीको गुनासो छ । आयोजक संघको बिरोध कार्यक्रममा बिभिन्न संघ संस्था एबम् प्रतिस्ठानहरुको समेत ऐक्यबद्धता रहेको अध्यक्ष उदयनारायण सापकोेटाले बताए । हातमा कालो पट्टी बाधेर प्लेकार्ड सहित बिरोधमा उत्रिएको समुहले नगर क्षेत्रमा रहेका २५ वटा बैकलाई ज्ञापनपत्र बुझाएको स्थानिय फर्निचर ब्यबसायी प्रकाश शर्माले बताए ।