न्यूज डेस्क | बैशाख ७, २०८१ शुक्रबार

धनुषा । मधेश प्रदेश सरकारले हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई सहयोग स्वरूप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ । 
मधेश सरकारबाट घोषणा भए अनुसार शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुवा  सोमन साहलाई पाँच लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले साहको परिवारलाई राहत स्वरूप पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो । गत असोज २० गते  इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय आनन्द साहसहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको ज्यान गएको थियो ।