प्राइम खबर संबाददाता | फागुन १५, २०७७ शनिबार
रौतहट जिल्लाको चन्द्रपुर २ स्थित जुडिबेलामा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मेची महाकाली बुहारी संयुक्त आवाज रौतहट शाखाको आयोजनामा जुडिबेलास्थित चौधरी टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो केही महिनादेखि सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको सो संस्थाले शनिबार जुडिबेलामा सरसफाई कार्यक्रम गरेको हो । फोहोर नगरौ दुर्गन्धमा नपरौ , सचेत बनौ र चेतना जगाऔ भन्ने मूल नाराका साथ चौधरी टोलमा सफाइ गरिएको संस्थाकी रौतहट जिल्ला संयोजक पूजा पाठकले जानकारी दिएकी हुन् । अन्य संघ संस्थाहरुले राजमार्ग केन्द्रित सरसफाई गर्दै आइरहेको तर ग्रामीण भेगमा भने कसैको ध्यान जान नसकेकाले मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले यसको शुरुवात गरेको संयोजक पाठकको दावी रहेको छ ।