न्यूज डेस्क | चैत ७, २०८० बुधबार

चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ले भुमिहिन दलित ,भुमिहिन सुकुम्बासि लाई जग्गा उपलब्ध गराउने कार्यको सुरुवात गरेको छ । भूमिहीन, सुकुम्बासी र अब्यबस्थित  बसोबासको ब्यबस्थापन गर्ने प्रयोजनको लागि नाप निस्सा प्रमाण बितरण तथा र फाईल प्रमाणिकरण गरि पहिलो निस्सा समेत वितरण गरिएको वडा अध्यक्ष रबि राना मगरले बताए ।

उक्त वडामा पहिलो निस्सा चन्द्रपुर ४ निवासी केदार बहादुर परियार लाई हस्तन्त्रण गरिएको वडा अध्यक्ष राना मगरले बताए । वडाभरीमा  ४०० थान निस्सा बाडिने कार्यक्रम रहेको र वडा न ४ को ७५ % काम सम्पन्न भएको वडा अध्यक्षले जानकारी दिएका छन्। 



वडाको चौतर्फी विकासका लागि विवादरहित रहेर कार्य गर्दै आएका युवा अध्यक्ष लोकप्रिय बन्दै गएका छन्। निस्सा पाएपछि खुशी हुँदै  परियारले भने "अब जग्गा आफ्नो स्वामित्वमा हुने भएपछि खुसीको सीमा नै रहेन" " पहिला पाइँदैन जस्तो लागेको थियो तर अहिले हात परेपछि चै विश्वस्त छु। " 

बुधबार वडा नम्बर ४ को कार्यालयमा आयोजित निस्सासावितरण  कार्यक्रममा वडा सदस्य  प्रेम कुमारी तिमल्सिना, विनोद सिटौला लगायतको उपस्थिति रहेको थियो।