प्राइम खबर संबाददाता | कात्तिक २, २०८० बिहिबार

नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ४ ले वडा दसैंको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
क्षेत्र नम्बर ४ का संघीय सांसद देब प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा २०८० सालको विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको क्षत्रिय सचिव बचु साहले बताए ।  चन्द्रपुर ६ स्थित जिपि पार्क, डावरीमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न तहका कन्थिग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्षेत्र नम्बर ४ भरीका काँग्रेसका नेता,कार्यकर्ता र जनप्रतिनिधीहरुको उत्साहजनक उपस्थिती रहेको हुँदा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको नेपाली कांग्रेस चन्द्रपुरका नगर सभापती मुकेश गिरीले जानकारी दिए ।