प्राइम खबर संबाददाता | असार २३, २०८३ मंगलबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा पुर्व  पर्यटन,नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराई सबार ज १ झ ४२७ नम्बरको गाडीले आज साँझ ठक्कर दिदा चन्द्रपुर ६ निवासी ६५ वर्षीय  इन्द्रप्रसाद घिमिरे घाइते भएका छन्। घाईते घिमिरे साइकलमा सवार थिए । 
जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा फर्किदै गरेका पुर्व मन्त्री भट्टराई सवार सरकारी गाडीले ठक्कर दिएको थियो।




घाइते  घिमिरेको चन्द्रनिगाहपुर स्थित  सिभिल अस्पताल प्रा.ली.मा उपचार गर्न लगिएको र घाइते घिमिरेको ढाडमा गम्भीर चोट लागेकोले थप उपचारको लागि काठमाडौंको पठाइएको पुर्व मन्त्री भट्टराईले जानकारी दिएका छन् । 
भट्टराई सवार गाडीले साइकल यात्री घिमिरेलाई ठक्कर दिएपछि पूर्वमन्त्री भट्टराई आफै स्वयंले घाइतेलाई उठाई अस्पतालसम्म पुर्याएका थिए । 




ठक्कर दिने उक्त सरकारी प्लेटको गाडी र चालक लाई नियन्त्रणमा लिइएर  ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा राखिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।