प्राइम खबर संबाददाता | असार २३, २०८३ मंगलबार

नेपाली कांग्रेस क्षेत्र नंबर ४ का नव निर्वाचित सभापति राम स्नेही राय यादवले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् ।


बुधवार भएको निर्वाचनमा सभापति यादवले बहुमतले विजयी भैसकेको भएतापनि चुनावमा पराजित संस्थापन पक्षका नेता कार्यकर्ताले विभिन्न बखेडा निकालेर चुनावी परिणाम लाई स्वीकार गर्न नसक्दा शनिबार अबेर सम्म विवाद कायम नै भएको थियो ।



शनिबार सदरमुकाम गौर स्थित एक होटलमा दुवै पक्षका नेता कार्यकर्ताको वादविवाद ले चर्को रूप लिएपछि निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिन निर्वाचन अधिकृत र मतदान अधिकृतले आनाकानी गरेपछि सभापति यादव पक्षधर नेता कार्यकर्ताहरुको जायज मागलाई सम्बोधन गर्दै सभापति यादवलाई शनिबार साझ निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो ।



नेपाली कांग्रेस महाधिबेसन जिल्ला निर्वाचन अधिकृत दीपक रेग्मीद्वारा हस्ताक्षरित प्रमाण पत्र प्राप्त गरेसँगै सभापति यादवले औपचारिकता एबम् आधिकारिकता प्राप्त गरेका छन् ।

‘ सत्यको विजय भएको छ ढिलै भएपनि लोकतन्त्रको पक्षमा निर्णय भयो र विभिन्न जाल झेल को बावजूद क्षेत्रीय सभापतिलाई न्याय मिलेको छ ' नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीले बताए ।