प्राइम खबर संबाददाता | फागुन २७, २०७७ बिहिबार
रौतहटमा लागू औषध कारोवारमा एक प्रहरी जवान सहित दुईजना पक्राउ परेका छन् । प्रहरीले विशेष सुराकीको आधारमा लागू औषध कारोवारमा संलग्न आफ्नै सङ्गठनका सदस्य सहित अर्का एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहका अनुसार ईलाका कार्यालय हरिवन सर्लाहीमा कार्यरत प्रहरी जवान कमल धामी ९ सय पिस नाईट्रोभ्याट ट्याबलेट सहित पक्राउ परेका हुन् । प्रहरी जवान धामीसंगै चन्द्रपुर नगरपालिका वडा नम्वर –३ का राजु कुँमर पक्राउ परेका छन् । उनीहरुलाई लागू औषध ब्युरो प्रदेश –२ ले पक्राऊ गरेको हो ।
प्रहरी जवान धामीले चलाई आएको न ५८ प ९५४८ नम्बरको एफजेड मोटर साइकल रोकी चेकजाँच गर्ने क्रममा पछाडि बसेका कुमरले कालो पोलिथिन झोलामा लुकाई राखेको सो परिमाणको लागुऔषधसहित चन्द्रनिगाहपुरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।