प्राइम खबर संबाददाता | फागुन २८, २०७७ शुक्रबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरका पत्रकारहरुको शुक्रबार निशुल्क आँखा जाँच गरिएको छ । चन्द्रनिगाहपुर स्थित हिमालयन चस्मा घरको आयोजनामा यस क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरुको आखामा समस्या आउन सक्ने भन्दै डाक्टर शैलेश पौड्यालले निशुल्क चेकजाचको ब्यवस्थापन गरेका हुन ।
सञ्चारकर्मीहरु लामो समयसम्म कम्प्युटर , ल्यापटप तथा मोबाइल लगायतका विद्युतीय उपकरणमा ब्यस्त हुनु पर्ने बाध्यात्मक परिस्थितीका कारण आखामा समस्या हुने हुदा सो समस्याको पहिचानका निम्ति आखाको चेकजाच गरेको डाक्टर पौड्यालको भनाइ रहेको छ । चेकजाँचका क्रममा अधिकांस सञ्चारकर्मीको आखामा समस्या रहेकाले चस्माको प्रयोग गर्नु पर्ने चिकित्सकको सुझाव रहेको छ ।
रौतहटमा आखा उपचारका नाममा च्याउ उम्रेसरि अस्पताल तथा क्लिनिकहरु खुलेको भएतापनि आखा विशेषज्ञ रुपमा अनुभवी शैलेश पौड्यालले आखाका विभिन्न किसिमका सल्यक्रिया सहित सफल उपचार गर्दे आएका हुँदा अधिकांस बिरामीका पहिलो रोजाइमा पर्ने आँखा रोग विषेशज्ञ समेत हुन् । सर्वसुलभ र सहज रुपमा रौतहटको हिमालयन चस्मा घर मार्फत सेवा दिदै आएका पौड्यालको क्लिनिक नेपाल बैकको पुर्व पट्टि रहेको छ । उनले गरीब तथा विपन्न नागरिकहरुको उपचारमा विशेष निःशुल्क परीक्षण समेत गर्दै आएका छन् ।