प्राइम खबर संबाददाता | फागुन २९, २०७७ शनिबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं एक स्थित मंगलपुर मेची महाकाली बुहारी संयुक्त आवाज द्वारा समिति विस्तार भएको छ । 
शनिबार मेची महाकाली बुहारी संयुक्त आवाज नामक एक गैरसरकारी संस्थाको आयोजनामा सो संस्थाकी प्रदेश नं २ संयोजक पूजा पाठक तिमल्सिनाको उपस्थितिमा संस्थाको वडा समिति गठन गरिएको हो। 
महिला,पुरुष हिंसा,बालबालिका,चेलीबेटी बेच बेखन तथा बाल श्रमका विरुद्द आवाज उठाउँदै आएको आवाजले चन्द्रपुर नगरपालिकाको १० वटै वडा सहित जिल्लाको  १८ वटै पालिकमा आफ्नो संगठन विस्तार गर्दै समिति गठन गर्ने लक्ष्य लिएको संयोजक तिमल्सिनाको भनाइ रहेको छ ।
भेलाले चन्द्रपुर वडा नम्बर एक स्थित नवगठित समितिको संयोजकमा बबिता सहनी लाई चयन गरेको छ । बबिता सहनीको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा मेलिना थापा, सचिव रुधिया देवी सहनी तथा कोषाध्यक्षमा सुनिता कटवाल सहित ११ सदस्यीय समिति गठन गरिएको प्रदेश संयोजक तिम्मल्सिनले बताइन् ।