प्राइम खबर संबाददाता | असार २३, २०८३ मंगलबार
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्क घातबाट पिडित जोशीको काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । उनलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित भई उध्योग मन्त्री समेत भएका स्वर्गीय नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर समेत निर्वाचित भएका थिए । उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष समेत थिए । उनका पत्नी र एक छोरी छन् ।