प्राइम खबर संबाददाता | चैत ४, २०७७ बुधबार
रौतहट स्थित चन्द्रनिगाहपुरमा रहेको जनज्याति बहुमुखी क्याम्पसमा बुधवार सङ्घीय प्रहरी इकाई कार्यालय, जनकपुरका प्रहरी बरिष्ट उपरिक्षक श्री किशोर कुमार दाहालको सक्रियतामा अपराध न्युनीकरणका लागि आधारभूत सुरक्षा विषयक कार्यक्रम सञ्चालन सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यका साथ साइवर अपराध, लैङ्गिक हिंसा र लागुपदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी सङ्घीय प्रहरी इकाई कार्यालय, जनकपुर, प्रदेश नं. २ का प्रहरी बरिष्ट उपरिक्षक श्री किशोर कुमार दाहालले गरेका थिए कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष एकराज थापाले गरेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने, सो क्याम्पसका पूर्व क्याम्पस प्रमुख दुर्गा प्रसाद दाहाल, निवर्तमान क्याम्पस प्रमुख बलराम प्रसाद गौतम, क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष मधुकर खड्का र स्व.वि.यु. सभापति संगम श्रेष्ठको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन मानविकी सङ्कायका प्रमुख पुष्पराज महतरा र व्यवस्थापन सङ्कायका प्रमुख दीपक घिमिरेले गरेका थिए ।
क्याम्पसका निमित्त क्याम्पस प्रमुख राजन श्रेष्ठले उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी , पत्रकार लगायत प्रहरी टिमलाई धन्यवाद समेत व्यक्त गरेका थिए।