प्राइम खबर संबाददाता | चैत ४, २०७७ बुधबार
रौतहटको सिमा नाकाबाट एक किशोरीको उद्धार गरीएको छ । गत हप्ता हेटौडाको एक होटलमा काम गर्दै आइरहेकी अन्दाजि १६ बर्षकी दोलखा घर बताउने निर्मला तामाङलाई रौतहटको इशनाथ नगरपालिकाको वडा नं.५ स्थित नेपाल भारत सिमा नजिकबाट प्रहरीले फेला पारेको हो ।
आफनो घर दोलखाको बोझ भन्ने गाउ रहेको बताउने उनलाई मेची महाकाली बुहारी संयुक्त आवाज की प्रदेश संयोजक पूजा तिमल्सिनाको सक्रियतामा उद्दार गरिएको हो । पीडित किशोरीले आफ्नो बुवाको नाम पासबिर तामाङ बताएपछि जिल्ला प्रहरी कार्यलय रौतहटले सोहि बमोजिम अभिभाबकलाई खोजतलास गर्दा कोहि पनि संपर्कमा नआएपछि मेचिमहाकालि बुहारी सयुक्त आवाज प्रदेश नं २ कार्यलयलाई सुरक्षित साथ जिम्मा दिइएको प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले बताए।
नेपाल भारत सीमा अन्तर्गत पर्ने जयनगरमा अलपत्र अवस्थामा फेला परेपछि गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले किशोरी लाई फेला पारी मेची महाकाली बुहारी लाई उद्दारको लागि पहल गरेपछी किशोरी लाई लिन सो संस्थाको सर्लाही उपसंयोजक अञ्जना पन्त कडरिया,जिल्ला सदस्य गंगा भन्डारी तथा रौतहट सचिव गोमा राई लगायतको टोली गौर पुगेर पीडित किशोरीलाई उद्दार गर्न हेटौडा सम्म पुगेको संयोजक तिमल्सिनाले बताइन् ।
किशोरीलाई लिन तथा हेटौडा स्थित मानव सेवा आश्रम सम्म पुर्याउनको निमित्त हरिवन नगरपालिकाका वडा नंबर १० का वडाअध्यक्ष शम्भु मैनालीले यातायातको प्रबन्ध मिलाएका हुन । सुरक्षासाथ रोजगारको समेत व्यवस्था गरी मानब सेवा आश्रम हेटौडाको रोहबरमा किशोरी लाई उद्धार गर्न यातायातको साधन सहयोग गर्ने वडा अध्यक्ष मैनालीलाई विशेष धन्यवाद ब्यक्त गरिएको मेचिमहाकालि बुहारी सयुक्त आवाज २ नं. प्रदेशका संयोजक पुजा पाठक तिमल्सिनाले बताइन् ।