प्राइम खबर संबाददाता | साउन ६, २०८० शनिबार
जन नायक बिपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारी नेपाली कांग्रेस चन्द्रपुर नगर समितिले शनिबार बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
चन्द्रपुर नगरपालिका वडा न ४ स्थित टेकान टोलमा रहेको बिपी बन् वाटिका वरिपरि विभिन्न जातका फलफूल तथा बोटविरुवा गरी करिब दुई सय भन्दा बढी विरुवा रोपिएको हो ।
नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेश सभा पूर्व सदस्य धनलाल ठोकरको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा ने वि संघ पूर्व केन्द्रीय सदस्य सूर्य बहादुर थापा, जिल्ला कमिटी अध्यक्ष अधिकार लामिछाने, नेपाली कांग्रेस चन्द्रपुर सल्लाहकार समिति सदस्य विष्णु खतिवडा, महासमिति सदस्य देवराज कार्की, १४ औं महाधिवेशन प्रतिनिधि केदार थापा, सञ्जय कार्की, सुबाश कोइराला, तारा सापकोटा महिला नेतृ लक्ष्मी बराल, तरुण दलका काबा अध्यक्ष शोभित सिलवाल, स्ववियु सभापति संगम श्रेष्ठ लगायत स्थानीय नेता, कार्यकर्ता र तरुण दल तथा नेपाल विद्यार्थी संघका विद्यार्थी नेता एबम् पार्टीमा आस्थावान शुभेच्छुक गरी बृहत सहभागिता रहेको कांग्रेस नेता चिरन्जीवी नेपालले बताए ।
बिपी स्मृति दिवसको अवसरमा आयोजना भएको उक्क्त वृक्षारोपण कार्यक्रम एक औपचारिक समारोहका बीच समापन भएको थियो । कार्यक्रममा जन नायक बिपी कोइरालाको तस्विरमा अविर र फूलमालाले माल्यार्पण गरी उपस्थित नेता कार्यकर्ताले श्रदान्जली व्यक्त गरिएको नेपाली कांग्रेस सूचना संचार विभागका केन्द्रीय सदस्य सुमन गौतमले बताए ।
बिपी कोइरालाको ४१ औं स्मृति दिवशमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रमको संयोजन र व्यवस्थापन नेपाली कांग्रेस चन्द्रपुर ४ नम्बर वडा कार्यसमितिको सहकार्यमा सम्पन्न भएको क्षेत्रीय रौतहट क्षेत्र नं ४ का सचिव कृष्ण हुमागाईले बताए।